असोज २९ गते २०८३ || October 15, 2026

रासायनिक मलका लागि अर्थले थप सात अर्ब ५० करोड दिने


मंगलबार, फागुन ९ २०७९१२:५३

रासायनिक मलका लागि अर्थले थप सात अर्ब ५० करोड दिने

 काठमाण्डौँ - अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरीदका लागि थप सात अर्ब ५० करोड रुपैयाँ निकासा गर्ने भएको छ ।

मन्त्रालयले थप रासायनिक मल खरीदका लागि स्रोत सुनिश्चितता गरेको हो । रासायनिक मल खरीदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएको छ ।

स्रोत सुनिश्चितमध्ये दुई अर्ब ४० करोड रुपैयाँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि विनियोजन गरिएको बजेटबाट व्यवस्था गरिनेछ भने दुई अर्ब ५० करोड रुपैयाँ आगामी आर्थिक वर्षको सिलिङमा समावेश गरिनेछ। दुई अर्ब ६० करोड रुपैयाँ दायित्व सिर्जना भएपछि निकासा गरिने मन्त्रालयले जनाएको छ ।

रासायनिक मल खरीद गर्न चालू आर्थिक वर्षका लागि १५ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। तर, यो रकमले नपुगेपछि रासायनिक मल खरीदका लागि अर्थ मन्त्रालयले थप १६ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको माग अनुसार पुनः थप स्रोतको व्यवस्था गरिएको हो ।


  • सम्बन्धित विषय:

  • # रासायनिक मलका लागि अर्थले थप सात अर्ब ५० करोड दिने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend