असोज २९ गते २०८३ || October 15, 2026

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट


बुधबार, फागुन १० २०७९११:५४

आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट

काठमाण्डौँ - आत्मनिर्भर लघुवित्त कम्पनीको आइपिओ सोमबार बाँडफाँट भएको छ ।

कम्पनीले २० हजार ३३८ कित्ता सेयर बाँडफाँट गरेको हो ।  जसमध्ये २ हजार ३३ जना आवेदकले १० कित्ता आइपिओ पाएका छन् भने भाग्यमानी ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन् ।

कम्पनीले माघ १६ गतेबाट फागुन २ गतेसम्म उक्त आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि बिक्री गरेको हो ।
कम्पनीले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशत अर्थात् २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । 

सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गर्न लागेको हो भने ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरू तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको कम्पनीले बताएको छ ।


  • सम्बन्धित विषय:

  • # आत्मनिर्भर लघुवित्तको आइपीओ बाँडफाँट


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend