असोज ३० गते २०८३ || October 16, 2026

शेयर बजार उच्च अङ्कले बढ्यो, कति भयो कारोवार ?  


बुधबार, फागुन १० २०७९०४:२१

शेयर बजार उच्च अङ्कले बढ्यो, कति भयो कारोवार ?  

 काठमाण्डौँ - केही दिनयता लगातार घटिरहेको शेयर बजार आज बुधवार भने उच्च अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ३३ दशमलव ५७ अङ्कले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढ्दा बीमा, जलविद्युत् र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले बढेको छ ।

नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । आज दुई सय ६९ वटा कम्पनीका ४७ लाख ७९ हजार कित्ता शेयर एक अर्ब ८० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको १३ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


  • सम्बन्धित विषय:

  • # शेयर बजार उच्च अङ्कले बढ्यो, कति भयो कारोवार ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend