असोज ३० गते २०८३ || October 16, 2026

धरहरामा पूर्वाधारका संरचना थप गरिने, लागत १२ करोड रूपैयाँ लाग्ने


बिहीबार , फागुन ११ २०७९११:१९

धरहरामा पूर्वाधारका संरचना थप गरिने, लागत १२ करोड रूपैयाँ लाग्ने

काठमाडौँ - निर्माणाधीन धरहरा परिसरमा केही पूर्वाधारका संरचना थप गर्नुपरेपछि धरहराको लागत १२ करोड रूपैयाँ थपिने भएको छ । निर्माणाधीन धरहरा परिसरमा केही संरचनाको डिजाइन परिवर्तन गर्दा थप १२ करोड रूपैयाँको व्ययभार थपिएको हो ।

सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको लागत तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा भएको थियो। अहिले भने धरहराको डिजाइन परिवर्तन गरेर थप १२ करोड रूपैयाँको भेरिएसन गर्न लागिएको हो । अब धरहरा निर्माणको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने भएको छ ।

धरहराको निर्माण कम्पनी जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीले धरहरा परिसरका संरचनाको डिजाइन थप÷घट भएकाले आयोजनाको लागत तीन अर्ब २० करोड रूपैयाँ पुग्ने बताए ।

‘पछिल्लो समय धरहरा परिसरमा कप बिल्डिङ, प्रशासनिक भवन, मेकानिकल इलेक्ट्रिकल, प्लम्बिङको काम थपिएकाले पनि केही लागत बढेको हो,’ उनले भने ‘टेलिकमले पनि युटिलिटिज पाइप नहटाएकाले पनि केही डिजाइन परिवर्तन गर्नुपरेको हो ।’

केन्द्रीय आयोजना कार्यान्वयन एकाई भवन तथा आवासका आयोजना निर्देशक कोषनाथ अधिकारीले निर्माणाधीन धरहराको लागत केही वृद्धि हुने भए पनि रकम आफूलाई थाहा नभएको बताए ।


  • सम्बन्धित विषय:

  • # धरहरामा पूर्वाधारका संरचना थप गरिने, लागत १२ करोड रूपैयाँ लाग्ने


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend