असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


सोमबार, फागुन १५ २०७९११:२९

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख २ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँ कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कायम गरेको छ। चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको थियो।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend