असोज ३० गते २०८३ || October 16, 2026

चार कम्पनीको ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


मंगलबार, फागुन १६ २०७९११:४०

चार कम्पनीको ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

 काठमाडौँ -नेपाल स्टक एक्सचेन्ज नेप्सेमा चार कम्पनीको ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर सूचीकृत भएको छ। सेयर सुचिकृत हुनेमा प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स र सोल्टी होटेल रहेका छन् ।

प्रिमियर इन्स्योरेन्सको १७ लाख ४९ हजार ४५१ कित्ता बोनस सेयर सूचिकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १४।२५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।

नेपाल इन्स्योरेन्सको ११ लाख ५७ हजार ६९६ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

मेरो माइक्रोफाइनान्सको १२ लाख कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

सोल्टी होटेलको ४२ लाख १३ हजार ५३३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।

 


  • सम्बन्धित विषय:

  • # चार कम्पनीको ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend