असोज ३० गते २०८३ || October 16, 2026

विदेशी पर्यटकले गर्ने औसत खर्च निकालिँदै


शुक्रबार, फागुन १९ २०७९०८:५२

विदेशी पर्यटकले गर्ने औसत खर्च निकालिँदै

काठमाडौँ - नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले गर्ने  औसत खर्चबारे अध्ययन सुरु गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेले राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कति रहेको छ भन्ने पत्ता लगाउन विदेशी पर्यटकले नेपालमा गर्ने दैनिक औसत खर्चको विवरण लिन सुरु गरिएको बताएका हुन् । 

बैङ्किङ प्रणाली डिजिटल पेमेन्ट मार्फत पर्यटकले गर्ने खर्चको तथ्याङ्क पत्ता लागे पनि नेपाल बसाइका क्रममा पर्यटकले गर्ने नगद खर्च तथ्याङ्कमा नसमेटिने भएकाले यस अध्ययनले पर्यटकले गर्ने खर्चको थप प्रस्ट तथ्याङ्क निकाल्न सहयोग पुग्ने उनको भनाइ छ । अध्ययनका लागि ४० दिनको समयावधि तोकिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।


  • सम्बन्धित विषय:

  • # विदेशी पर्यटकले गर्ने औसत खर्च निकालिँदै


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend