असोज २९ गते २०८३ || October 15, 2026

'प्रसाईंले भन्दैमा ऋण मिनाहा हुँदैन, कालोमोसो दल्छु भन्नेहरुलाई कारवाहि गर्नुपर्छ' 


शुक्रबार, फागुन १९ २०७९०४:१९

'प्रसाईंले भन्दैमा ऋण मिनाहा हुँदैन, कालोमोसो दल्छु भन्नेहरुलाई कारवाहि गर्नुपर्छ' 

  काठमाडौँ - नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै दबाब समूह बनाउनु गलत भएको बताएका छन् । 

राजधानीमा भएको एक कार्यक्रममा उनले दुर्गा प्रसाईंले अघि बढाएको अभियानतर्फ संकेत गर्दैै पछिल्लो समय बैंकको ब्याजदर, लघुवित्तको संस्थाका कर्मचारी माथि कालोमोसो दल्ने समूह बनाउने कामले समाज विभाजित गर्ने बताए । 

व्यवसायीहरुले बैंक वित्तीय संस्थाबाट लिएको कर्जा दबाब समूह बनाई कालोमोसो चल्ने दस्ता बनाउँदैमा नतिरे पनि हुन्छ भन्ने परिकल्पना नगर्न आग्रह गर्दै मिश्रले बैंक वित्तिय संस्थाहरुले लगाएको कर्जा बैंक तथा वित्तीय संस्थाहरुको रकम नभएर जनताको पैसा भएको बताए । 

उनले बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरुले कर्जा दिन्न भन्दा बैंकका निक्षेपकर्ताहरुले पैसा पाउन समस्या हुने बताए । मिश्रले बैंक वित्तीय संस्थाबाट ऋण लिएर तिर्दिन भन्नेहरुलाई कसैले कुनै पनि क्षेत्रबाट प्रोत्साहन दिन नहुने बताए । उनले बैंक तथा वित्तीय संस्थाहरुलाई व्यवसायीहरुले कर्जा दिन ढिला हुने, ब्याजदरका विषयमा राष्ट्र बैंकले वित्तीय संस्थाहरुसँग छलफल गरी रहेको बताए । 


  • सम्बन्धित विषय:

  • # 'प्रसाईंले भन्दैमा ऋण मिनाहा हुँदैन, कालोमोसो दल्छु भन्नेहरुलाई कारवाहि गर्नुपर्छ'


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend