असोज ३० गते २०८३ || October 16, 2026

दूधको मूल्य वृद्धि, लिटरको कति पुग्यो ? 


शनिबार, फागुन २० २०७९०७:०७

दूधको मूल्य वृद्धि, लिटरको कति पुग्यो ? 

काठमाडौँ - सरकारले दूधको मूल्य बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाइरहेको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले यस्तो निर्णय लिएको हो ।

दूधको बजार मूल्यको तुलनामा किसानले पाउने मूल्य धेरै कम रहेकाले कच्चा दूधको मूल्य बढाउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

‘यसअघि किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ५६.४० रुपैयाँ पाउँदै आएका थिए, अब प्रतिलिटर ६५.५० रुपैयाँ पाउनेछन्,’ उनले भनिन्, ‘किसानलाई आर्थिक राहत हुने गरी कच्चा दूधको मूल्य बढाइएको हो ।’ किसानलाई लाभ हुने गरी नै सरकारले मूल्य बढाउने निर्णय गरेको मन्त्री शर्माले बताइन् । किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको आधारमा उक्त मूल्य पाउनेछन् ।


  • सम्बन्धित विषय:

  • # दूधको मूल्य वृद्धि, लिटरको कति पुग्यो ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend