असोज ३० गते २०८३ || October 16, 2026

शेयर बजारमा पहिरो : ३०.७७ अंकले घट्यो नेप्से परिसूचक !


आइतबार, फागुन २१ २०७९०३:५४

शेयर बजारमा पहिरो : ३०.७७ अंकले घट्यो नेप्से परिसूचक !

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारको आधारमा अपर हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ । यसको आज ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र एसियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ । आजको कारोबारमा सुपरमाई हाइड्रोपावर र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन् । भने, सिमिलिंग पावर र आदर्श लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन् ।


  • सम्बन्धित विषय:

  • # शेयर बजारमा पहिरो : ३०.७७ अंकले घट्यो नेप्से परिसूचक !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend