कात्तिक १ गते २०८३ || October 17, 2026

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


मंगलबार, फागुन २३ २०७९११:३९

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज सुनको मूल्य प्रति तोला ३ सयले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुनको मूल्य १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको थियो ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend