असोज २९ गते २०८३ || October 15, 2026

आजको शेयर बजार : नेप्से साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार !


मंगलबार, फागुन २३ २०७९०३:३३

आजको शेयर बजार : नेप्से साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार !

काठमाण्डौँ - शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय ५२ दशमलव ६६ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स र म्युचल फन्डबाहेक सबै समूहको शेयर बढेको छ । बजार बढेको दिन दुई सय ६१ वटा कम्पनीका ४० लाख ५९ हजार कित्ता शेयर एक अर्ब २० करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको १२ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेड र सुपर मादी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।


  • सम्बन्धित विषय:

  • # आजको शेयर बजार : नेप्से साढे १४ अङ्कले बढ्यो, १ अर्ब २० करोड रुपैयाँको कारोबार !


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend