असोज ३० गते २०८३ || October 16, 2026

'बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिनुस्' : गृहमन्त्रालय


मंगलबार, फागुन २३ २०७९०५:४३

'बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिनुस्' : गृहमन्त्रालय

काठमाडौँ - गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन दिएको हो ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्त विरुद्ध आन्दोलन जारी छ भने केहीअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो ।


  • सम्बन्धित विषय:

  • # 'बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिनुस्' : गृहमन्त्रालय


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend