असोज २९ गते २०८३ || October 15, 2026

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बिक्री खुला


शुक्रबार, फागुन २६ २०७९१२:३०

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ - सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आजदेखि सर्बसाधारणका लागि बिक्री खुला गरेको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ४९ लाख ९८ हजार ७५० कित्ता सेयर सर्बसाधारणका लागि बिक्री गर्न लागेको हो । बिक्री गर्ने आईपीओमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरिसकिएको छ ।

अब ५ प्रतिशतले हुन आउने २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानिकर्तले यस आईपीओमा फागुन ३० गतेसम्म आवेदन दिन पाउने छन्। तोकिएको समयसम्म आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा चैत १० गतेसम्म आवेदन दिन पाउने छन् ।


  • सम्बन्धित विषय:

  • # सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बिक्री खुला


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend