असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा भईरहेको छ कारोवार ? 


आइतबार, फागुन २८ २०७९११:३४

सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा भईरहेको छ कारोवार ? 

 काठमाडौँ  - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

आज सुनको मूल्य प्रति तोला १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १ हजार ५ रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको कतिमा भईरहेको छ कारोवार ?


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend