काठमाडौँ । अर्थतन्त्र सुधार गर्न नयाँ सरकारलाई अवसरसँगै चुनौती रहेको विज्ञहरूले बताएका छन् । नेपाल आर्थिक पत्रकारले आइतबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा उहाँहरूले आर्थिक सङ्कट सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री र उहाको टिम हरेक क्षण आफू डराएर अर्थतन्त्रबारे विवेचना गर्नुपर्ने अवस्था आएको बताउनुभयो । अबको पाँच वर्षमा जनताको अपेक्षाअनुसारको काम गर्न नसके दण्ड र सजाय भोग्न सबै सत्तारूढ दल तयार हुनुपर्ने उहाँको भनाइ थियो ।
बजेट विनियोजन र खर्चको गुणस्तरमा सरकारले ध्यान दिनुपर्ने थापाले सुझाव दिनुभयो । “बैङ्कमा तरलताको अभाव छ, कर्जासँगै ऋण पाउन कठिन छ, प्रत्येक क्षेत्रमा तत्काल कसरी सुधार गर्ने भन्नेतर्फ लाग्नुपर्छ,” उहाँले भन्नुभयो ।
आर्थिक समस्या समाधान र सुधार गर्न नयाँ सरकारले लगानी आकर्षण गर्ने, पूर्वाधार विकास, रोजगारी वृद्धि गर्न कृषि र पर्यटन केन्द्रित रहेर कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।