असोज ३० गते २०८३ || October 16, 2026

आजको शेयर बजार झिनो अंकले बढ्यो, कारोवार रकम कति ? 


पिपल अनलाइन
मंगलबार, फागुन ३० २०७९०४:३६

आजको शेयर बजार झिनो अंकले बढ्यो, कारोवार रकम कति  ? 

काठमाडौँ - साताको कारोबारको तेस्रो दिन मंगलबार झिनो अंकले सेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक १.८५ अंकले बढेर १९५३.०६ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ अङ्कले घटेर ३६८.३२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ । यसको आज १० करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक र शिभम् सिमेन्टको कारोबार भएको छ । मंगलबारको कारोबारमा १३ वटै उपसूचक मध्ये ५ उपसुचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। 


  • सम्बन्धित विषय:

  • # आजको शेयर बजार झिनो अंकले बढ्यो, कारोवार रकम कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend