असोज २९ गते २०८३ || October 15, 2026

आजको शेयर बजार राताम्मे : नेप्से ६.९० अंकले घट्दा कारोवार रकम कति ? 


पिपल अनलाइन
आइतबार, चैत ५ २०७९०३:४९

आजको शेयर बजार राताम्मे : नेप्से ६.९० अंकले घट्दा कारोवार रकम कति ? 

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५२ अङ्कले घटेर ३६३.२६ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६ करोड ८९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ । यसको आज ६ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम सिमेन्ट र एनआईसी एशिया बैंकको कारोबार भएको छ ।

आइतबारको कारोबारमा १३ वटै उपसूचकमा ५ उपसुचक बढेको छ भने बाँकी सबै घटेको छ । आजको कारोबारमा मानुषी लघुवित्त र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन् । 


  • सम्बन्धित विषय:

  • # आजको शेयर बजार राताम्मे : नेप्से ६.९० अंकले घट्दा कारोवार रकम कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend