असोज ३० गते २०८३ || October 16, 2026

आज सेयर बजार राताम्मे, नेप्से १५.७६ अंकले घट्यो !


पिपल अनलाइन
बुधबार, चैत ८ २०७९०३:३५

आज सेयर बजार राताम्मे, नेप्से १५.७६ अंकले घट्यो !

काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३२ अङ्कले घटेर ३६३.९० बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६६ कम्पनीको ३७ लाख ७७ हजार ४०० कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ३७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । त्यस्तै, कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रिम स्थानमा छ । यसको आज ७ करोड ६३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनआईसी एशिया बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेर राताम्मे भएको छ । 


  • सम्बन्धित विषय:

  • # आज सेयर बजार राताम्मे, नेप्से १५.७६ अंकले घट्यो !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend