असोज ३० गते २०८३ || October 16, 2026

दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब २० करोडको कारोबार


पिपल अनलाइन
आइतबार, चैत १९ २०७९०४:१०

दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब २० करोडको कारोबार

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २०.०० अंकले घटेर १८८८.५५ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५.७५ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व २० करोड ७१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एसिया बैंक अग्रिम स्थानमा छ। यसको आज ५ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै शिभम् सिमेन्ट र रिडी पावर कम्पनीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक राताम्मे भएको छ। आजको कारोबारमा कालिनचोक दर्शन र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, स्वाभिमान लघुवित्त र प्रभु बैंक ऋणपत्रका लगानीकर्ताले अत्यधिक गुमाएका छन् । 


  • सम्बन्धित विषय:

  • # दोहोरो अंकले घट्यो नेप्से, एक अर्ब २० करोडको कारोबार
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend