असोज ३० गते २०८३ || October 16, 2026

तातोपानी नाका आजदेखि बैशाख २ सम्म बन्द रहने


पिपल अनलाइन
मंगलबार, चैत २८ २०७९०६:५६

तातोपानी नाका आजदेखि बैशाख २ सम्म बन्द रहने

काठमाडौँ - पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । 

नेपालस्थित चिनियाँ दूतावासका अनुसार तातोपानी नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको हो ।  

‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’ 

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।


  • सम्बन्धित विषय:

  • # तातोपानी नाका आजदेखि बैशाख २ सम्म बन्द रहने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend