असोज ३० गते २०८३ || October 16, 2026

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरका लागि यस्ता छन् मापदण्ड


पिपल अनलाइन
मंगलबार, चैत २८ २०७९०७:३६

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरका लागि यस्ता छन् मापदण्ड

काठमाण्डौँ - नेपालको धितोपत्र बजारलाई नयाँ आयाम दिने भन्दै नियामक निकायले नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप्न लागेको छ । हाल धितोपत्रको दोस्रो बजार सञ्चालकका रूपमा एक मात्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्से सञ्चालनमा छ ।

सरकारी स्वामित्वको दोस्रो बजार सञ्चालक नेप्सेलाई प्रतिस्पर्धी बनाउन नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनले नयाँ स्टक एक्सचेन्ज थप्नेतर्फ कदम चालेको बताइन्छ । 

बोर्डले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर र कमोडिटी एक्सचेन्ज थप्न सम्बद्ध नियमावलीमा गरेको संशोधनलाई गैरकानूनी दाबी गर्दै सर्वोच्च अदालतमा परेका दुईओटा रिट खारेज भएपछि बोर्डले अनुमतिपत्रका लागि आवेदन माग गर्ने प्रक्रिया अघि बढाउन जतिसक्दो चाँडो बोर्ड सञ्चालक समितिले काम गर्ने बताइसकेको छ ।

बजारको विकासमा पूँजीको महत्त्व बढी हुने हुनाले नयाँ ब्रोकर कम्पनीले पूँजी संरचनाका आधारमा सेवा प्रवाह गर्ने बोर्डका अध्यक्ष रमेशकुमार हमालको भनाइ छ । नयाँ कम्पनीहरू नयाँ जोश, जाँगर र नयाँ प्रविधिका साथ आउने हुँदा यसले बजारमा सकारात्मक प्रभाव पार्ने हमालको तर्क छ ।

बोर्डले पुराना ब्रोकर कम्पनीलाई समेत नयाँ पूँजी संरचनाका आधारमा अघि बढ्ने अवसर दिएको छ । पुराना ब्रोकरलाई प्रतिस्पर्धी रूपमा अघि बढाउन पूँजी वृद्धिका लागि बोर्डले २०८२ असारसम्मको समय दिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # नयाँ स्टक एक्सचेन्ज र ब्रोकरका लागि यस्ता छन् मापदण्ड
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend