असोज ३० गते २०८३ || October 16, 2026

सुन एक हजार रूपैयाँले बढ्यो, तोलाको कति ? 


पिपल अनलाइन
बुधबार, चैत २९ २०७९११:४२

सुन एक हजार रूपैयाँले बढ्यो, तोलाको कति ? 

 काठमाण्डौँ - आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

मंगलबार प्रतितोला पाँच सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा किनबेच भएको थियो । 


  • सम्बन्धित विषय:

  • # सुन एक हजार रूपैयाँले बढ्यो, तोलाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend