असोज ३० गते २०८३ || October 16, 2026

५० प्रतिशत मत प्राप्त गर्न नसक्दा महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने


पिपल अनलाइन
बिहीबार , चैत ३० २०७९१२:५०

५० प्रतिशत मत प्राप्त गर्न नसक्दा महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।

पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका छन्। अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ । 

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासंघको बुधबार भएको निर्वाचन भएको थियो। जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज बिहान सकिएको हो । 

वरिष्ठ उपाध्यक्षका लागि आजै निर्वाचन हुनेछ । मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ ।


  • सम्बन्धित विषय:

  • # ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend