असोज ३० गते २०८३ || October 16, 2026

शेयर बजारमा आज करेक्सन : नेप्से २९ अंकले घट्यो


पिपल अनलाइन
बिहीबार , चैत ३० २०७९०३:५१

शेयर बजारमा आज करेक्सन : नेप्से २९ अंकले घट्यो

काठमाण्डौँ - आज सेयर बजार घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.४८ प्रतिशतले घटेको हो । 

हिजो मौद्रिक नीति खुकुलो बनाउँदै लैजाने राष्ट्र बैंकको संकेत र १ वैशाखबाट निक्षेपको ब्याजदर घटाउने बैंकर्स संघको निर्णयभएसँगै नेप्सेमा ९२.२२ अंकको उच्च वृद्धि भएको थियो । बिहीबार बजार परिसूचक नेप्से २९.०७ अंकले गिरावट हुँदा १९३४.४७ अंकमा बन्द भएको छ । बिहीबार सेयर बजारका सबै उपसूचकहरु घट्दा नेप्से पनि ओरालो लागेको हो । 

विकास बैंक उपसूचक सर्वाधिक २.४८ प्रतिशतले गिरावट हुँदा उत्पादनमुलक उपसूचक २.३३ प्रतिशतले घटेको छ । 


  • सम्बन्धित विषय:

  • # शेयर बजारमा आज करेक्सन : नेप्से २९ अंकले घट्यो
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend