असोज ३० गते २०८३ || October 16, 2026

 नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै 


पिपल अनलाइन
आइतबार, वैशाख ३ २०८००१:३३

 नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ र ३६४ दिन गरी ४ प्रकारको ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि  सोमबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी जेठ २ गते परिपक्व हुनेछ । ९१ दिनको लागि ७ अर्ब ७० करोडरुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी साउन २ गते परिपक्व हुनेछ । यस्तै, १८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी असोज ३० गते परिपक्व हुनेछ ।


  • सम्बन्धित विषय:

  • # नेपाल राष्ट्र बैंकले २४ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend