असोज ३० गते २०८३ || October 16, 2026

वित्तीय आतंकविरुद्ध ११ वैशाखबाट आमहड्ताल हुने 


पिपल अनलाइन
बुधबार, वैशाख ६ २०८००२:३९

वित्तीय आतंकविरुद्ध ११ वैशाखबाट आमहड्ताल हुने 

 काठमाडौँ - राष्ट्रवादी केन्द्र नेपालले वित्तीय आतंकविरुद्ध शान्तिपूर्ण भद्र अवज्ञा आन्दोलनको रुपमा आमहड्ताल गर्ने भएको छ ।

वर्तमान वित्तीय नीति परिवर्तन गरी कर्जाको ब्याजदर ६ प्रतिशत कायम गर्नुपर्नेलगायतका सम्बोधन गर्न सरकार तयार नभएकाले ११ वैशाखबाट आमहड्ताल गर्न लागेको राष्ट्रवादी केन्द्रका अध्यक्ष चन्द्रबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार सरकारलाई आफ्नो माग पूरा गर्न १० वैशाखसम्मको समयसीमा दिएको भए पनि हालसम्म सम्बोधन गर्न कुनै तयारी नगरेकाले आमहड्तालको तयारीलाई तिव्रता दिइएको हो ।


  • सम्बन्धित विषय:

  • # वित्तीय आतंकविरुद्ध ११ वैशाखबाट आमहड्ताल हुने
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend