असोज ३० गते २०८३ || October 16, 2026

आजको शेयर बजार : नेप्से १८.८० अंकले घट्यो, कारोवार रकम कति ?


पिपल अनलाइन
आइतबार, वैशाख १० २०८००४:२७

आजको शेयर बजार : नेप्से १८.८० अंकले घट्यो, कारोवार रकम कति ?

काठमाडौँ - आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक १८.८० अंकले घटेर १८८५.६० विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अङ्कले घटेर ३५९.१३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६५ कम्पनीको २७ लाख ३४ हजार ३०७ कित्ता सेयर खरिद बिक्री हुँदा ८२ करोड ८५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा मोलुंग हाइड्रोपावरको अग्रिम स्थानमा छ। यसको आज ३ करोड ११ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै शिभम् सिमेन्ट र एनआइसी एशिया बैंकको कारोबार भएको छ ।


  • सम्बन्धित विषय:

  • # आजको शेयर बजार : नेप्से १८.८० अंकले घट्यो, कारोवार रकम कति ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend