असोज ३० गते २०८३ || October 16, 2026

सरकार २ अर्ब घाटामा : तलब र पेन्सन खुवाउनै धौधौ


पिपल अनलाइन
सोमबार, वैशाख ११ २०८००८:४०

सरकार २ अर्ब घाटामा : तलब र पेन्सन खुवाउनै धौधौ

काठमाण्डौँ - सरकारका पूर्वमुख्यसचिव डा। विमल कोइरालाले केही दिनअघि एउटा फेसबुक स्टाटस लेखे, सरकार संकटमा परेछ कि, फागुनदेखि पेन्सन पठाएको छैन । डा। कोइरालाको स्टाटसपछि केहीले सामाजिक सुरक्षा भत्ता रोकिएको कतिपय कर्मचारीको तलबभत्ता रोकिएको लगायतका विभिन्न प्रतिक्रिया आएका छन्। सामाजिक सज्जालमा आएका प्रतिक्रियाले मात्रै होइन तथ्यांकले पनि देशको अर्थतन्त्र अप्ठ्यारोमा परेको तर्फ संकेत गरेको छ।

तथ्यांकले सरकारको आम्दानीभन्दा खर्च धेरै रहेको छ। आइतबारसम्म सरकारले ७ खर्ब ३६ अर्ब ४ करोड २८ लाख रुपियाँ आम्दानी गर्दा खर्च भने ९ खर्च ५५ अर्ब २५ करोड ७४ लाख रुपियाँ भएको छ । यस अर्थमा सरकारलाई भन्डै २ खर्ब रुपियाँ घाटामा देखिएको छ। जसका कारण सरकारलाई तलब र पेन्सन खुवाउनै धौधौ परेको हो ।

सरकारको राजस्व संकलनभन्दा चालू खर्च बढी हुँदा साधारण खर्च धान्न नै सरकारलाई कठिन हुने देखिन्छ । विगतदेखि नै पुँजीगत खर्च न्यून रहँदै आएको स्थितिमा चालू आर्थिकमा सरकारलाई अन्य खर्च धान्न नै गाह्रो भइरहेको अवस्थामा पुँजीगत खर्च वृद्धि इन कठिन छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # सरकार २ अर्ब घाटामा : तलब र पेन्सन खुवाउनै धौधौ
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend