असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?  


पिपल अनलाइन
सोमबार, वैशाख ११ २०८०११:२५

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?  

 काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

आइतबार प्रति तोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend