असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
बुधबार, वैशाख १३ २०८०११:३६

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रति तोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको थियो ।


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend