असोज ३० गते २०८३ || October 16, 2026

'देशको अर्थतन्त्र अब माथि जान्छ' : परराष्ट्रमन्त्री साउद


पिपल अनलाइन
आइतबार, वैशाख १७ २०८००४:२३

'देशको अर्थतन्त्र अब माथि जान्छ' : परराष्ट्रमन्त्री साउद

कञ्चनपुर - परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् ।

आज शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०÷१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले देश श्रीलङ्का जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताए ।

भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनले बताए । जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ थियो ।


  • सम्बन्धित विषय:

  • # 'देशको अर्थतन्त्र अब माथि जान्छ' : परराष्ट्रमन्त्री साउद
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend