कात्तिक १ गते २०८३ || October 17, 2026

आजको शेयर बजार : १९.११ अंकले घट्यो, ९५ करोड ४३ लाखको कारोबार


पिपल अनलाइन
आइतबार, वैशाख १७ २०८००४:२७

आजको शेयर बजार : १९.११ अंकले घट्यो, ९५ करोड ४३ लाखको कारोबार

 काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । आइतबार नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९५ अङ्कले घटेर ३५८.१४  विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर खरिद बिक्री हुँदा ९५ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend