कात्तिक १ गते २०८३ || October 17, 2026

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो त ! (सूचीसहित)


सोमबार, असार २० २०७९११:३२

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो त ! (सूचीसहित)

काठमाडौं  -  सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम गरिएको छ । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर  ५ रुपैयाँ वृद्धि गरेको छ ।  पछिल्लो १५ दिनमा प्रशोधित पेट्रोलियम पदार्थहरूको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको वृद्धि अनुरूप इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १७ गते प्राप्त नयाँ मूल्य सूची अनुसार विक्री मूल्य समायोजन गर्नु परेको निगमको भनाई छ ।

पेट्रोलियम पदार्थहरूको लागत मूल्य निरन्तर बढिरहेको हुँदा खरिद बापत भुक्तानी गर्न नसकेको बक्यौता रकम समेत बढ्दै गई आगामी असार २४ सम्ममा करिब रु. ३० अर्ब रुपैयाँ पुग्ने निगमले जानकारी दिएको छ । 

                                    petrol.jpg            




प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend