असोज ३० गते २०८३ || October 16, 2026

सुनको भाउ आज १८ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
बुधबार, वैशाख २० २०८०११:१६

सुनको भाउ आज १८ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - बुधवार सुनको भाउ पुनः उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकै दिन १८ सय रुपैयाँले बढ्दै १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको हो । 

यसअघि गत चैत २२ गते प्रतितोला १ लाख ११ हजार रुपैयाँ पुगेर सुनको मूल्यले रेकर्ड राखेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # सुनको भाउ आज १८ सय रुपैयाँले बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend