असोज ३० गते २०८३ || October 16, 2026

फास्ट ट्र्याकमा ४५ अर्व लागत बढाउन सेनाको प्रस्ताव


पिपल अनलाइन
बिहीबार , वैशाख २१ २०८००७:१७

फास्ट ट्र्याकमा ४५ अर्व लागत बढाउन सेनाको प्रस्ताव

काठमाडौँ - नेपाली सेनाले काठमाडौंलाई तराई मधेससँग जोड्ने काठमाडौं तराई र मधेस द्रुतमार्ग फास्ट ट्र्याक लागत करिब ४५ अर्व रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो ।

सुरुमा १७५ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजनाको लागत बढाएर करिब २१४ अर्ब रूपैयाँ पुयाइएको थियो । अहिले फेरि २१५ अर्बबाट बढाएर २६० अर्ब रूपैयाँ पुयाउने तयारी भइरहेको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

सेनाले रक्षा मन्त्रालयसँगको छलफलमा लागत बढेर २६० अर्ब रूपैयाँ पुग्ने ब्रिफिङ गरेको थियो। समयमा काम नगर्दा लागत बढ्दै गएको छ, रक्षाका ती अधिकारीले भने, फेरि ४५ अर्ब रूपैयाँ बढाउन सेनाले प्रस्ताव गरेको छ । नेपाली सेनाले विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० संशोधन गरेर लागत बढाउन लागेको हो। यसका अतिरिक्त हरेक दुईदुई वर्षमा लागत २०८१ मंसिरसम्म सम्पन्न गर्नुपर्ने आयोजनाको चैतसम्मको भौतिक प्रगति करिब साढे २२ प्रतिशत मात्र रहेको छ ।

नेपाली सेनाले समयमा निर्माण सम्पन्न गर्छ र गुणस्तरीय काम हुन्छ भन्ने मान्यताले सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा सेनालाई दिएको थियो । यो समाचार दैनिकमा छ ।


  • सम्बन्धित विषय:

  • # फास्ट ट्र्याकमा ४५ अर्व लागत बढाउन सेनाको प्रस्ताव
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend