असोज ३० गते २०८३ || October 16, 2026

आजको शेयर बजार : नेप्से १२.७३ अंकले बढ्यो, ७३ करोडको सेयर कारोबार


पिपल अनलाइन
बिहीबार , वैशाख २१ २०८००४:५२

आजको शेयर बजार : नेप्से १२.७३ अंकले बढ्यो, ७३ करोडको सेयर कारोबार

काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ । बिहिबार नेप्से परिसूचक १२.७३ अंकले बढेर १८६९.७३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०७ अंकले बढेर ३५७.९१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २७६ कम्पनीको २५ लाख ३३ हजार ७१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड २६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा नबिल बैंकको प्रमोटर सेयर अग्रिम स्थानमा छ । यसको आज ४ करोडभन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्रमश  शिभम् सिमेन्ट र नबिल बैंकको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend