कात्तिक १ गते २०८३ || October 17, 2026

छापावाल सुनको मूल्य प्रतितोला छ सयले वृद्धि


शुक्रबार, फागुन २७ २०७८०५:१८

छापावाल सुनको मूल्य प्रतितोला छ सयले वृद्धि

काठमाडौं - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला छ सयले बढेर एक लाख दुई हजार छ सय पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला एक लाख दुई हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय तोकिएको छ । यसको मूल्य बिहीबार प्रतितोला रु. एक लाख एक हजार पाँच सय थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपियाँले बढेर एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ ।

बजारमा यो साता पहिलो कारोबार दिन आइतबार प्रतितोला एक लाख एक हजार नौ सयमा किनबेच भएको सुन बुधबार भने हालसम्मकै महँगो हुँदै एक लाख पाँच हजार पाँच सय पुगेको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८८ डलर आसपास कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन
  • # मूल्य


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend