कात्तिक १ गते २०८३ || October 17, 2026

आजको शेयरमा उछाल : नेप्से ५१.३१ अंकले बढ्यो, २ अर्ब २० करोडको कारोबार !


पिपल अनलाइन
मंगलबार, जेठ ९ २०८००४:१४

आजको शेयरमा उछाल : नेप्से ५१.३१ अंकले बढ्यो, २ अर्ब २० करोडको कारोबार !

काठमाण्डौँ - कारोबार हुने साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से उच्च अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक ५१ दशमलव ३१ अंकले बढेर एक हजार ९४२ दशमलव ६३ विन्दुमा बन्द भएको हो । सेयरबजार बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार २ अर्ब २० करोड २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार कारोबार भएका २१९ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीकोे सेयरमूल्य घटेको छ । यसका साथै एक कम्पनीको सेयरमूल्य स्थिर रहेको छ । ४ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

मंगलबार खप्तड लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै आज सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि ९ दशमलव ९९ प्रतिशतले बढेको छ । 

त्यस्तै, कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको मंगलबार १० करोड ५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो  ।


  • सम्बन्धित विषय:

  • # आजको शेयरमा उछाल : नेप्से ५१.३१ अंकले बढ्यो, २ अर्ब २० करोडको कारोबार !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend