असोज ३० गते २०८३ || October 16, 2026

एसियन हाइड्रोपावरको ३२ जेठमा एजीएम बस्दै


पिपल अनलाइन
बिहीबार , जेठ ११ २०८०१२:१६

एसियन हाइड्रोपावरको ३२ जेठमा एजीएम बस्दै

काठमाडौँ - एसियन हाइड्रोपावरले ३२ जेठमा वार्षिक साधारण सभा बोलाएको छ । सभा द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजेबाट सुरु हुने । संस्थाले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०७९र८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

सभामा हाल कायम रहेको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्ने एजेन्डा रहेको छ । यस्तै, कम्पनीको नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

 


  • सम्बन्धित विषय:

  • # एसियन हाइड्रोपावरको ३२ जेठमा एजीएम बस्दै
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend