असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
आइतबार, जेठ १४ २०८०१२:१८

सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको हो ।

शुक्रबार प्रति तोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो । चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

 


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend