कात्तिक १ गते २०८३ || October 17, 2026

नयाँ दरबन्दी सिर्जना नगर्ने, ६ महिना भित्र सवारी साधन लिलाम गरिने


पिपल अनलाइन
सोमबार, जेठ १५ २०८००५:१७

नयाँ दरबन्दी सिर्जना नगर्ने, ६ महिना भित्र सवारी साधन लिलाम गरिने

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षमा सबै सरकारी सेवा नियामक निकाय र सार्वजनिक संस्थामा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै सरकारका नियमित संरचनाबाट सम्पादन हुने कामको लागि परामर्श लिन, स्वीकृत दरबन्दी भन्दा धेरै सेवा करारको सिर्जना नगर्ने बताएका छन् ।

साथै उनले सरकारी निकायमा पुराना र प्रयोगविहीन सवारी तथा सामान ६ महिना भित्र लिलाम गर्ने बताएका छन् । 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend