असोज ३० गते २०८३ || October 16, 2026

हतियार देखाएर दिउँसै बैंक लुटियो


पिपल अनलाइन
मंगलबार, जेठ १६ २०८००३:२४

हतियार देखाएर दिउँसै बैंक लुटियो

महोत्तरी - महोत्तरीमा दिउँसै बैंक लुटिएको छ ।

आज सोमबार दिउँसो महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा १२ बजेर २० मिनेटमा लुटपाट भएको हो ।

चार जनाको समूहमा आएका व्यक्तिहरूले हतियार देखाएर लुटपाट गरेर फरार भएका हुन् । बैंकबाट कति रकम लुटियो भन्ने खुल्न सकेको छैन । लुटिएको रकममा २३ लाख बराबर हुनसक्ने अनुमान गरिएको छ । लुटेराको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend