असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च मुल्य हुँदा तोलाको कति ? 


पिपल अनलाइन
बुधबार, जेठ १७ २०८००१:०३

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च मुल्य हुँदा तोलाको कति ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

मंगलबार प्रति तोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ५ सयले बढेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो । मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend