असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
मंगलबार, जेठ २३ २०८०११:३२

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ? 

 काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो ।  सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend