असोज ३० गते २०८३ || October 16, 2026

माथिल्लो अरूण परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा दातृ निकायहरुसँग छलफल


पिपल अनलाइन
शुक्रबार, जेठ २६ २०८००६:४६

माथिल्लो अरूण परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा दातृ निकायहरुसँग छलफल

 काठमाडौँ - माथिल्लो अरूण जलविद्युत परियोजनामा लगानी जुटाउन अर्थ मन्त्रालयमा विभिन्न दातृ निकायका प्रतिनिधिरुसंग छलफल भएको छ ।

१ हजार ६१ मेगावाट क्षमताको अर्ध जलाशययुक्त यो परियोजनामा लगानी गर्न अर्थ मन्त्रालयले विश्व बैंक, एसियाली विकास बैंक, जाइका, जर्मनी सरकार, ओपेक फण्ड, युरोपियन युनियन, युरोपियन लगानी बैंक, कुबेद फण्ड, जर्मन, नर्वे, साउदी विकास फण्ड लगायतका दातृ निकायका प्रतिनिधिसंग छलफल गरेको हो ।

छलफलमा अर्थमन्त्री डा प्रकाशशरण महतले विश्व बैंकले माथिल्लो अरूणमा लगानी गर्न खोज्नु सकारात्मक भएको बताउनुभयो । मन्त्री महतले जलाशययुक्त दुधकोशी जलविद्युत परियोजनामा एसिया विकास बैंकले चासो राखेको भन्दै लगानीको प्रक्रिया छिटो अगाडी बढाउन आग्रह गरे । त्यसैगरी छलफलमा उर्जा मन्त्री शक्ति बस्नेतले नेपालमा जलविद्युत उत्पादन र यसको प्रभावकाबारेमा चर्चा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend