कात्तिक १ गते २०८३ || October 17, 2026

आज बढ्यो सुन–चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ? 


पिपल अनलाइन
शुक्रबार, जेठ २६ २०८०११:४४

आज बढ्यो सुन–चाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोवार ? 

काठमाडौँ - शुक्रबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला ८ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सात रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा किनबेच भएको थियो । त्यसैगरी चाँदी शुत्र,बार प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend