असोज ३० गते २०८३ || October 16, 2026

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? 


पिपल अनलाइन
सोमबार, जेठ २९ २०८०११:३२

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ? 

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ कायम भएको छ ।
आइतबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लह १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रति तोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend