असोज ३० गते २०८३ || October 16, 2026

'मुलुकको अर्थतन्त्र चलायमान हुनेगरि बजेट बजेट निर्माण भएको छ' : अर्थमन्त्री महत


पिपल अनलाइन
सोमबार, जेठ २९ २०८००१:३८

'मुलुकको अर्थतन्त्र चलायमान हुनेगरि बजेट बजेट निर्माण भएको छ' : अर्थमन्त्री महत

काठमाडौँ - अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ ले सोमबार बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनले देश र जनतालाई केन्द्रबिन्दूमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको दाबी गरेका छन् ।

‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, दृढ अठोठका साथ कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौँ, बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ,’ उनले भने । निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको उनको भनाइ छ। अर्थमन्त्री डा महतले आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend