असोज ३० गते २०८३ || October 16, 2026

आजको शेयर बजार : नेप्से ७.७९ अंकले बढ्यो, २ अर्ब ८८ करोडको कारोबार


पिपल अनलाइन
सोमबार, जेठ २९ २०८००३:३६

आजको शेयर बजार : नेप्से ७.७९ अंकले बढ्यो, २ अर्ब ८८ करोडको कारोबार

 काठमाडौँ - साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ । सोमबार नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८३ अंकले बढेर ३७३.३५ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ । यसको आज १५ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ । 

 


प्रतिक्रिया दिनुहोस

Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend